Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिहेको अर्को दिन नै भ्रष्टाचारको आरोपमा दोषी ठहर

बिहेको अर्को दिन नै भ्रष्टाचारको आरोपमा दोषी ठहर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७७ बुधवार • ११:४२:१६ बजे
  • 1.7K
    SHARES
  • बिहेको अर्को दिन नै भ्रष्टाचारको आरोपमा दोषी ठहर
    एजेन्सी / कोरोना भाइरस महामारीका कारण कैयन् धनाढ्यहरुको भव्य भोज सहितको विवाह गर्ने सपनामा तुषारापात भैरहेको छ । सयौँ पाहुना बोलाइने विवाहहरु देख्न पाइएका छैनन् र पाहुनाको संख्या सीमित हुने गरेको छ ।

    मानिसहरु आफ्ना नजिकका आफन्त तथा नातेदारहरु मात्र बोलाएर बिहे समारोह तथा भोजहरु गर्ने गरेका छन् । तर मलेसियामा भने एक जोडीको बिहेमा केवल २० जना मात्र पाहुना बोलाउने इजाजत हुँदा समेत १० हजार पाहुना बोलाइयो ।

    २० जनाको अनुमति हुँदा १० हजार पाहुना बोलाएपछि कानून तोडेको आरोपमा कारवाही हुनुपर्ने हो । तर त्यस्तो भएन । ती सबै पाहुनालाई व्यवस्थित तरिकाले सामाजिक दूरी कायम गराएर बिहे समारोह तथा भोज सम्पन्न गरिएको छ ।

    बेहुला टेंकु मोहम्मद हाफिज र बेहुली ओसियाने अलाहिया बीच बिहे भएको थियो ।

    आइतबार बिहानै उक्त नवविवाहित जोडी राजधानी क्वालालम्पुरको दक्षिणमा अवस्थित पुत्राजयामा एक भव्य सरकारी भवनको बाहिर उभिए । विस्तारै ठूलो संख्यामा कारहरुमा चढेर पाहुनाहरु आए र उक्त जोडीलाई आफ्नो शुभकामना दिँदै फर्किए । कुनै पनि पाहुना आफ्नो कारबाट बाहिर निस्किएनन् । कारलाई बेहुला बेहुलीको अगाडि लगेर र कारभित्रैबाट शुभकामना प्रकट गर्दै अगाडि बढे ।

    विवाहित जोडीले पनि टाढाबाट हात हल्लाएर पाहुनालाई स्वागत गरे र उनलाई धन्यवाद दिए । सोही प्रकारले दश हजार पाहुनाहरु आ–आफ्नो कारमा भवनको अगाडिबाट गुज्रिएरै विवाह समारोहमा सरीक भए ।

    सडकमा जब कारहरुको लाइन गुडिरहँदा त्यस्तो विशेष तरिका अपनाएर उक्त जोडीले सामाजिक दूरीको नियम पालना गरेरै बिहेमा तोकिएको २० जना पाहुनाको नियम पनि अनौठो तरिकाले तोडे । तर पनि उनले अपनाएको त्यस्तो तरिकाका कारण नियम तोडिएको मानिएन र उनी कारवाहीको भागीदार हुनु परेन ।

    अनौठो त के भने ती १० हजार पाहुनालाई खानेकुराको समेत व्यवस्था गरिएको थियो र त्यसक्रममा पनि सबै नियमको पालना गरियो ।

    मलेसियाली मिडियाका अनुसार जब पाहुनाहरु बेहुला–बेहुलीलाई बधाई दिएर कार अगाडि बढाउँथे सबैलाई पहिले नै तयार पारिएका खानेकुराको प्याकेट हातमा थमाइन्थ्यो । पाहुनाहरुले कारको झ्यालबाट हात बाहिर निकालेर उक्त खानेकुराको प्याकेट ग्रहण गर्दथे । १० हजार पाहुना कारबाटै बिहे समारोहमा सहभागी हुने कार्यक्रम पूरा हुँदा ३ घण्टाको समय लागेको थियो ।

    जुन प्रकारले उक्त विवाहमा पाहुना सत्कारको तरिका असामान्य थियो विवाह गर्ने जोडी पनि कुनै सामान्य व्यक्ति थिएनन् । बेहुला टेंकु मोहम्मद मलेसियाली एक प्रभावशाली नेताका छोरा हुन् । उनका बुवा टेंकु अदनान पूर्वमन्त्री समेत हुन् ।

    दुर्भाग्य त के भयो भने बेहुलाका पिता टेंकु अदनानलाई बिहेको अर्को दिन नै भ्रष्टाचारको आरोपमा दोषी ठहर गरियो । त्योसँगै उनलाई पाँच लाख डलर र १२ महिनाको जेल सजायँ भएको छ ।



  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology