Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

विवाहको पाँचौं वर्षगाँठमा शाहिदले मीरालाई भने मेरी मायालु, ह्याप्पी एनिभर्सरी

विवाहको पाँचौं वर्षगाँठमा शाहिदले मीरालाई भने मेरी मायालु, ह्याप्पी एनिभर्सरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७७ बुधवार • १८:५७:३८ बजे
  • 4.1K
    SHARES
  • विवाहको पाँचौं वर्षगाँठमा शाहिदले  मीरालाई भने मेरी मायालु, ह्याप्पी एनिभर्सरी

    बलिउड नायक शाहिद कपुरले आफ्नो विवाहको पाँचौं वर्षगाँठ मंगलबार मनाएका छन् । यो मौकामा उनकी श्रीमती मीराले इन्स्टाग्राममा उनीसँगको एउटा फोटो सेयर गर्दै उनलाई वर्षगाँठको बधाई दिइन् । यसका साथै उनले नोट पनि लेखेकी छिन् ।मीराले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘५ वर्ष, ४ आत्मा, ३ घर, २ बच्चा र १ सुन्दर परिवार ।  जीवनको यो यात्रामा तिमीबाहेक अरु कसैलाई रोज्न सक्दिनथेँ । तिम्रो प्रत्येक दिन झन् धेरै माया लाग्छ । म संसारकै भाग्यमानी हुँ किनभने मेरो जीवनको प्रेमलाई नै मैले मेरो सबैभन्दा मिल्ने साथीको रुपमा पाएकी छु । मेरो शक्ति बनिदिएकोमा, मेरो यात्रामा हातमा हात मिलाएर सँगै हिँडेकोमा र अहिलेसम्मका सबै कुराका लागि धन्यवाद । आइ लभ यू ।’

    images

    उनी थप्छिन्, ‘तिमीसँग हुँदा म सबैभन्दा धेरै हाँसिरहेकी हुन्छ । तीमध्ये धेरैपटक म तिमीलाई हेरेर हाँसिरहेकी हुँदिनँ । कृपया यो कुरा नबिर्सिनु कि श्रीमती सधैं सही हुन्छिन् र तीन सुनौलो अक्षर हो, ‘आइ एम सरी’ ।

    यस्तै, शाहिद कपुरले पनि मीरा र आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘पाँच वर्ष । एकै झट्कामा बित्यो । स–सानो कुरामा सुन्दरता देख्न थालेँ । ‘मिलेर सकिन्छ’ भन्ने कुराको अर्थ बुझेँ । तिमीसँग केही समय अझै बिताउन पाएँ । तिमी तिमी भइदिएकोमा धन्यवाद र मलाई अझ राम्रो बन्न सहयोग गरिदिएकोमा धन्यवाद । मेरी मायालु, ह्याप्पी एनिभर्सरी ।’

    मीरा र शाहिदको विवाह २०१५ जुलाई ७ मा भएको थियो । उनीहरुका दुई सन्तान छोरी मीशा र छोरा जेन छन् ।

     

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology