Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संसदीय दलकोमा बागमती प्रदेशनेताबाट मुख्यमन्त्री पौडेललाई हटाएर शाक्य नयाँ नेता चयन

संसदीय दलकोमा बागमती प्रदेशनेताबाट मुख्यमन्त्री पौडेललाई हटाएर शाक्य नयाँ नेता चयन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १५, २०७७ बुधवार • १४:१७:०७ बजे
  • 1.5K
    SHARES
  • संसदीय दलकोमा बागमती प्रदेशनेताबाट मुख्यमन्त्री पौडेललाई हटाएर शाक्य नयाँ नेता चयन
    बागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेललाई प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हटाएको छ।

    बुधबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पौडेललाई दलको नेताबाट हटाई अष्टलक्ष्मी शाक्यलाई नयाँ नेता चयन गर्ने निर्णय अनुमोदन गरेको हो।

    यसअघि संसदीय दलको यही पुस ९ गते बसेको बैठकले दलको नेताबाट पौडेललाई हटाइ शाक्यलाई नयाँ नेता सिफारिस गरेको थियो। सोही निर्णय बमोजिम १० गते मुख्यमन्त्रीविरुद्ध नेकपाका ४५ सांसदले अविश्वासको प्रस्ताव ल्याउँदै नयाँ मुख्यमन्त्रीमा शाक्यको नाम सिफारिस गरेका थिए।

    मंगलबार मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र प्रमुख सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका थिए।

    ती सांसदले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पास गर्न एक ढिक्का भएर अगाडि बढ्ने बैठकले निर्णय गरेको बताए। उनले आवश्यकता अनुसार अन्य दलहरुसँग पनि छलफल हुने बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology