Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्डलाई धुन तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो : ओली

प्रचण्डलाई धुन तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७७ बुधवार • १८:४४:०० बजे
  • 1.5K
    SHARES
  • प्रचण्डलाई धुन तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो : ओली
    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड षड्यन्त्रकारी रहेको र जति साबुन पानीले धुँदा पनि नभएको टिप्पणी गरेका छन् ।
    “प्रचण्डलाई धुन तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’ ओलीले कटाक्ष गरे ।

    आज बबरमहलमा सुदुरपश्चिम प्रदेशका ओली समुहका कार्यकर्तालाई संवोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । आफूले षड्यन्त्रकारी नीति छोड्न जति भने पनि प्रचण्डले नमानेको भन्दै उनले प्रचण्ड धृतराष्ट्र जस्तो भएको तर्क गरे ।
    छोरीलाई मेयर बनाउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्रलाई धुजा धुजा पारेको ओलीले तर्क गरे ।  हिजो भएको बिरोध सभामा प्रचण्डले ओलीलाई तानाशाही र गणतन्त्र बिरोधी भएको भन्दै अब पत्तासाफ हुने चेतावनी दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology