Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोउवासंघ चुनाव : विन्दु कोइराला सुवेदीद्धारा स्वतन्त्र प्यानल घोषणा

पोउवासंघ चुनाव : विन्दु कोइराला सुवेदीद्धारा स्वतन्त्र प्यानल घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १६, २०७७ बिहिवार • ०९:४७:१७ बजे
  • 1.1K
    SHARES
  • पोउवासंघ चुनाव : विन्दु कोइराला सुवेदीद्धारा स्वतन्त्र प्यानल घोषणा
    पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा विन्दु कोइराला सुवेदीले स्वतन्त्र प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

    आगामी २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा वाणिज्यतर्फका उपाध्यक्षमा सोभित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्ष तारानाथ ढुंगाना र उपमहासचिव धर्मराज  बर्तोलाले उम्मेदवारी घोषणा गरेका छन् ।
    यसैगरी, सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तमसेवक कार्कीले उम्मेदवारी घोषणा गरे ।संघको कर्पोरेट, उद्योग र वस्तुगत सदस्यको उम्मेदवार भने पछि घोषणा हुने भएको छ ।

    सुवेदीको स्वतन्त्र समूहले संघको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला समूहबाट उम्मेदवारी घोषणा गरेका पवनकुमार प्रजापतिलाई सघाउने भएको छ । ‘पोउवासंघ नेवार समुदायले स्थापना गरेको र फेरि पनि नेवार समुदायबाट उम्मेदवारी घोषणा गर्नुभएका पवन प्रजापतिलाई सघाउने भएका छौं’, अध्यक्ष पदकी उम्मेदवार सुवेदीले पत्रकार सम्मेलनमा भनिन् । सुवेदीको समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा कसैले उम्मेदवारी घोषणा गरेका छैनन् ।

    उम्मेदवारी घोषणापछि अध्यक्ष प्रत्यासी पौडेलले १४ वर्षसम्म उद्योग वाणिज्य संघमा काम गरी उपाध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव भएपनि अन्ततः पाखा लगाउने प्रयास गरेपछि प्यानल खडा गरी चुनावी मैदानमा आएको बताइन् ।

    उनको चुनावी नारा नै ‘उद्योगी व्यवसायीको रखवारी, नारी नेतृत्वको उम्मेदवारी’ रहेको छ । यसअघि नै नारायण कोइरालाले प्यानल खडा गरी उम्मेदवारी दिइसकेका छन् ।

    उम्मेदवारी घोषणासँगै प्यानलले १२ बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेको छ ।

  • सम्बन्धित विषय:

  • # पोउवासंघ चुनाव
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology