Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

मिस युनिभर्स नेपाल २०२० को उपाधि अंशिका शर्माले जितिन

मिस युनिभर्स नेपाल २०२० को उपाधि अंशिका शर्माले जितिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७७ बिहिवार • ११:२६:४५ बजे
  • 1.5K
    SHARES
  • मिस युनिभर्स नेपाल २०२० को उपाधि अंशिका शर्माले जितिन

    ‘मिस युनिभर्स नेपाल २०२०’ को ताज अंशिका शर्माले जितेकी छिन्। गएराति सम्पन्न प्रतिस्पर्धामा फाइनलमा पुगेका अन्य ४ प्रतिस्पर्धीलाई उछिन्दै अष्ट्रेलियानिवासी शर्माले मिस युनिभर्सको ताज जितेकी हुन्।

    images

    प्रतियोगिताको फाइनलमा शर्मासहित मस्को निवासी निनाकान्ता मण्डल, अमेरिका निवासी सुजिता बस्नेत, काठमाडौं निवासी दिक्ता थापा र विराटनगरनिवासी न्यान्सी खड्का पुगेका थिए।

    पहिलो पटक स्वतन्त्र रुपमा सञ्चालन भएको भनिएको प्रतियोगिताका लागि पाँच सय आवेदन परेको आयोजकले जनाएका थिए। विभिन्न चरण पार गर्दै फाइनलमा भने १८ जनालाई र्‍याम्पमा उतारिएको थियो।

    प्रतियोगिताको निर्णायकमा माल्भिका सुब्बा, अनुपमा खुञ्जेली, चारु चड्डा, अभया सुब्बा, उषा रजत र प्रेरणा शाह थिए। मिस युनिभर्स नेपाल २०२० को उपाधि जितेसंगै अंशिका शर्माले १० लाख नगदसहित १५ लाख बराबरको क्राउन हात परेकी छिन्।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology