Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७७ बिहिवार • १७:०७:५५ बजे
  • 1.4K
    SHARES
  • अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

    एएफपी । संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९ सयभन्दा बढी व्यक्तिहरुको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

    images

    अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

    विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा विगत २४ घन्टाको अवधिमा तीन हजार ९ सय २७ जनाको ज्यान गएको विश्वविद्यालयले जनाएको छ । यस्तै एकै दिन एक लाख ८९ हजार ६ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् ।

    यो सहित अमेरिकामा कूल संक्रमितको संख्या २ करोड नाघेको छ भने तीन लाख ५० हजार ७ सय ७८ जनाको मृत्यु भएको छ ।

    अमेरिकाका एक जना अग्रणी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले महामारीको असर हिउँदका दिनहरुमा अझ बढ्न सक्ने चेतावनी दिए । उनले बिदाका दिनहरुमा हुने जमघटले समेत कोरोना संक्रमण फैल्याउन थप भूमिका खेल्ने बताए ।

    अमेरिकामा यतिबेला खोप लगाउने अभियान जारी छ र करिब २८ लाख व्यक्तिले खोप लगाइसकेका छन् । यसै डिसेम्बर महिनाको अन्त्यसम्ममा २ करोड व्यक्तिलाई खोप दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना असफल भइसकेको छ ।

    यसैबीच, विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ८ करोड ३२ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १८ लाख १३ हजार नाघेको छ ।

    भारतमा कूल संक्रमितको संख्या एक करोड नाघेको छ भने मृत्यु भएकाको संख्या एक लाख ४८ हजार पुगेको छ । तेस्रो बढी संक्रमण फैलिएको ब्राजिलमा एक लाख ९३ हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology