Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोभिड १९ का नयाँ स्वरुपका संक्रमितहरु भेटिए

भारतमा कोभिड १९ का नयाँ स्वरुपका संक्रमितहरु भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७७ बिहिवार • १७:०९:१८ बजे
  • 946
    SHARES
  • भारतमा कोभिड १९ का नयाँ स्वरुपका संक्रमितहरु भेटिए

     सिन्ह्वा । भारतमा कोभिड १९ का नयाँ स्वरुपका संक्रमितहरु भेटिएको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ ।

    images

    योसँगै भारतमा कोभिडका नयाँ संक्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको समाचारमा जनाइएको छ । उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

    कोभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।

    भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको बताएको थियो ।

    यसअघि र यो पछिल्लो पटक देखिएका यी संक्रमितहरुका बारेमा भने भारतले केही सूचना दिएको छैन । उनीहरुलाई सरकारले नै स्वास्थ्यकर्मीहरुको सहयोगमा आइसोलेसनमा राखेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology