Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संसद विघटन असंवैधानिक - पूर्वराष्ट्रपति डा. रामवरण यादव

संसद विघटन असंवैधानिक - पूर्वराष्ट्रपति डा. रामवरण यादव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १६, २०७७ बिहिवार • १७:३५:३३ बजे
  • 2.1K
    SHARES
  • संसद विघटन असंवैधानिक - पूर्वराष्ट्रपति डा. रामवरण यादव
    काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन असंवैधानिक भएको बताएका छन् । यसले देश अनिश्चितताको बाटोमा गएको उनको विश्लेषण छ ।

    राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए । अब बल अदालतको कोर्टमा रहेको भन्दै उनले भने, संविधानअनुसार कार्यकारिणीले काम गरेको छ कि छैन छिनोफानो गर्ने एउटा संस्था छ, त्यो संस्थाबाट न्याय हुन्छ भन्ने आशा र विश्वास छ ।’

    २०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।

    ‘हामी दुई ठूला देशको बीचमा अवस्थित छौं । दुई ठूलो देश आमनेसामने छन्, तानातान छ’ उनले भने, ‘उत्तर र दक्षिणको यहाँ जुन खुला परेड भइरहेको छ । त्यसले अन्तराष्ट्रिय ध्यानाकर्षण हुन्छ र त्यो हाम्रो लागि सुखद हुँदैन ।’

    यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपर्ने उनले बताए । भू–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने उनको भनाइ छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology