Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा प्रचण्ड-माधव नेपाल समूह म्याग्दीको मगला र मालिका गापामा अगुवा कार्यकर्ता भेला

नेकपा प्रचण्ड-माधव नेपाल समूह म्याग्दीको मगला र मालिका गापामा अगुवा कार्यकर्ता भेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १७, २०७७ शुक्रवार • ११:५१:२६ बजे
  • 1.5K
    SHARES
  • नेकपा प्रचण्ड-माधव नेपाल समूह म्याग्दीको मगला र मालिका गापामा अगुवा कार्यकर्ता भेला
    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले देशभर जिल्लास्तरीय देखी गाउँ र वडा स्तरीय कार्यकर्ताहरुको भेला गरेको छ ।

    यसै क्रममा म्याग्दी जिल्लाको मगला र मालिका गाउँपालिकामा पनि अगुवा कार्यकर्ता भेला समप्न्न गरेका छन ।ग्त पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भइ कार्यक्रमहरु गरिरहेको छ ।

    मंगलाको बाबिया चौरमा भएको भेलालाई पार्टी जिल्ला अध्यक्ष गोबिन्द पौडेलले सम्बोधन गरेका छन । यसै गरी भेलामा प्रदेश कमिटी सदस्य टेक बहादुर विश्वकर्मा ,जिल्ला सदस्य पुनम खड्का र नारायण अधिकारीको समेत उपस्थिती रहेको थियो । भेलालाई सम्बोधन गर्दै अधिकाश वक्ताले ओलीको प्रतीगामी कदमलाई सर्वोर्च अदालतले सच्च्याउने र पार्टीको चुनाव किन्हमा निर्वाचन आयोगले पार्टीलाई अधिकारीक मान्यता दिने कुरामा विश्वत रहेको बताए 

    यसै गरी मालिका गाउँपालिकाको दरवाङको भेलालाई सम्बोधन गर्दै रेसम जुग्जालीले ओलीको ससद बिघटन गर्ने प्रतिगामी निर्णय खेद जनक रहेको बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology