Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि

राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १७, २०७७ शुक्रवार • १४:३४:१८ बजे
  • 2.1K
    SHARES
  • राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि
    राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोनाभाइरसको संक्रमण  पुष्टि भएको छ।

    बिहीबार गरेको परीक्षणमा उनीहरूलाई कोरोना पोजेटिभ पुष्टि भएको संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले सेतोपाटीलाई जानकारी दिए।

    राष्ट्रिय सभाको यसपालिको हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दैछ। आज बैठक बस्ने भएपछि बिहीबार  सांसद र कर्मचारीको स्वाब संकलन गरिएको थियो। 

    सांसद र केही कर्मचारीमा कोरोना संक्रमण देखिए पनि राष्ट्रिय सभाको बैठक सुचारू हुने जनाइएको छ। राष्ट्रिय सभामा बैठकका लागि भौतिक दूरीलगायत अरू सबै स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्था गरिएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology