Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विष्णु पौडेल प्रचण्ड-नेपाल पक्षमा आउने

विष्णु पौडेल प्रचण्ड-नेपाल पक्षमा आउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७७ शनिवार • १३:३९:२९ बजे
  • 1.7K
    SHARES
  • विष्णु पौडेल प्रचण्ड-नेपाल पक्षमा आउने

    पार्टी विभाजन भएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले तत्कालै महासचिव चयन नगर्ने नीति लिएका छन्। सर्वोच्च अदालतबाट संसद पुनस्थापना भए वर्तमान महासचिव विष्णु पौडेलनै आफ्नो पक्षमा आउने आँकलन गरेर महासचिव चयनमा ढिलाइ भएको बताइएको छ। केन्द्रीय कमिटीको बैठकले महासचिव चयनका लागि स्थायी समितिलाई अधिकार दिएको भए पनि सो पदमा सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुनको दाबी रहेपछि प्रचण्ड-नेपाल दुवैले केही समयलाई स्थगित गरेका थिए।

    images

    विभाजनको केही दिनपछि शीर्ष नेताहरूको छलफलका क्रममा नेता पाण्डेलाई महासचिव बनाउने तयारी भएको थियो। झलनाथ खनालको प्रस्तावमा पाण्डेलाई महासचिव प्रस्ताव गरिएको भए पनि आकांक्षी धेरै भएपछि रोकिएको थियो। एकीकृत नेकपाका महासचिव विष्णु पौडेल अध्यक्ष केपी शर्मा ओली समूहमा बसेपछि प्रचण्ड-नेपालले पाण्डेलाई आफ्नो पक्षबाट छान्न लागेका थिए।

    नेकपा एमालेको नवौं महाधिवेशनमा नेपाल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका पाण्डे ओली प्यानलका ईश्वर पोखरेलसँग ६ मतले पराजित भएका थिए। खनालको प्रस्तावमा नेता पाण्डे महासचिव हुने पक्का पक्की भए पनि संसद् पुनस्थापना भए वर्तमान महासचिव पौडेलनै आफ्नो पक्षमा आउन सक्ने उनीहरूको आँकलन रहेको छ। विभाजनपछि प्रचण्ड-नेपाल दुवै अध्यक्ष भएपछि वरिष्ठ नेता खनालले आफूले भनेको नेता महासचिव हुनुपर्ने अडान लिएका थिए। खनाल एकीकृत नेकपामा जस्तै प्रचण्ड-नेपाल पक्षमा पनि तेस्रो वरीयतामा छन्। नेकपामा चौथो वरीयताका वरिष्ठ नेता नेपाल अहिले अध्यक्ष बनेसँगै दोस्रो वरीयतामा आएका छन् ।

    नेपाल पक्षका भीम रावल र घनश्याम भुसाल पनि महासचिवको आंकाक्षी रहेका भए पनि शीर्ष नेताहरुबीचमा पाण्डेलाई अघि सार्ने तयारीमै रोकिएको थियो। ‘अबको केही दिन हेरौँ त्यसपछि महासचिवको पोजिसनमा को आउने हुन क्लियर हुन्छ’ नेपाल निकट नेता बेदुराम भुसालले भने, ‘महासचिव चयनमा कुनै समस्या छैन अहिले कसैलाई कारबाही नगरेका कारण यतातिर महासचिव चयनमा ढिलाइ भएको हो केही दिनमै निर्क्योल हुन्छ।’

    उनका अनुसार अहिले आन्दोलनकै क्रममा रहेकाले पनि महासचिव र अन्य पदाधिकारी चयनमा हतार नभएको हो। ‘प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध आन्दोलन जारी रहेको छ आन्दोलनका थप कार्यक्रमहरू पनि निर्धारण हुने क्रममा रहेकाले महासचिव अन्य पदाधिकारी चयन गर्ने कुरा प्राथमिकतामा छैन। साथै अहिलेको अवस्थामा पार्टी विभाजन नभएकाले कोही कोही भूलवश उतातिर लागेका रहेछन् भने यता आउन ढोका खुला रहेको छ,’ स्थायी समिति सदस्यसमेत रहेका बेदुराम भुसालले भने। साभारः हाम्रा कुराबाट

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology