Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

तिब्बतको विषयमा अमेरिकाले कारवाही गर्दा चीनले पनि फर्कायो जवाफ

तिब्बतको विषयमा अमेरिकाले कारवाही गर्दा चीनले पनि फर्कायो जवाफ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७७ बिहिवार • ११:४१:२६ बजे
  • 2.4K
    SHARES
  • तिब्बतको विषयमा अमेरिकाले कारवाही गर्दा चीनले पनि फर्कायो जवाफ

    तिब्बतको विषयमा चलिरहेको असहमतीका बीच चीन र अमेरिकाले एक–अर्काको आधिकारीमाथि भिसा प्रतिबन्ध लगाएका छन् । दुई देशबीच थुप्रै मुद्दामा चलिरहेको मतभेदको यो नयाँ विषय हो ।

    images

    अमेरिकामा एकदिन अघि तिब्बतको विषयमा केही चिनियाँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरियो, यसको जवाफमा बुधबार चीनले पनि तिब्बतसँग जोडिएको मुद्दामा गलत व्यवहार गरिरहेका अमेरिकीमाथि भीसा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

    मंगलबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफूहरुले चीनका अधिकारीमाथि नयाँ अमेरिकी कानून अनुरुप प्रतिबन्ध लगाएको जानकारी दिए । यो कानून अनुसार अमेरिकाले चीनलाई अमेरिकीलाई देशको पश्चिमी इलाकामा जान अनुमती दिन भनेको थियो । अमेरिकाले तिब्बतमा सार्थक स्वायत्तताको पनि माग गर्दै आएको छ ।

    पोम्पियोले एक बयानमा भनेका थिए, ‘दुर्भाग्यले चीनले अमेरिकी कुटनीतिक र अन्य अधिकारीलाई तिब्बती स्वायत्त क्षेत्र र तिब्बतको अन्य इलाकामा जान रोक्दै आएको छ । यसमा पत्रकार र पर्यटक पनि समावेश छन् । जबकी अमेरिकामा चीनका नागरिक र अधिकारीमाथि यस्ता किसिमको कुनै पनि रोकटोक छैन ।’

    अमेरिकाका अनुसार उसले ती चिनियाँ अधिकारीको भिसामाथि प्रतिबन्ध लगाएको छ जसले विदेशीलाई तिब्बती इलाकामा जानबाट रोकिरहेका छन् ।

    यद्यपि, अमेरिकी विदेश मन्त्रालयले ती चिनियाँ अधिकारीको नाम भने सार्वजनिक गरेको छैन न नै उनीहरुको संख्या बताएको छ ।

    जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अमेरिकाको यो कदमको कडा विरोध गरेका छन् र अमेरिकाले तिब्बतसँग सम्बन्धित मुद्दाको कुरा उठाएर चीनको आन्तरिक मामिलामा दखल दिन तुरुन्त बन्द गर्नसमेत अपिल गरेका छन् ।

    उनले भने, ‘अमेरिकाको गलत कदमको जवाफमा चीनले ती अमेरिकीको भिसामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ जसले तिब्बतसँग जोडिएका मुद्दामाथि गलत व्यवहार गर्छन् ।’

    अमरिकाले यसअघि पनि हङ्गकङको मामिलामा पनि चिनियाँ अधिकारीमाथि भिसा प्रतिबन्ध लगाएको थियो । साथै विगर मुसलमानको कथित प्रताडनाको मुद्दामाथि पनि अमेरिकाले यस्तै कदम उठाएको थियो ।

    चीनले तीब्बतलाई आफ्नो भू–भाग मान्छ तर तिब्बतले भने आफूलाई चीनको अधिन मान्दैन र आफ्नो स्वतन्त्रताको मुद्दा उठाउने गरेको छ ।

    स्रोतः बीबीसी

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology