Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या एक करोड ३ लाख ५ हजारभन्दा बढी

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या एक करोड ३ लाख ५ हजारभन्दा बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७७ शनिवार • १४:१३:२१ बजे
  • 1.3K
    SHARES
  • भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या एक करोड ३ लाख ५ हजारभन्दा बढी

     सिन्ह्वा । भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजार ७ सय ८८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार बिहान बताएको छ ।

    images

    गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २ सय २४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार २ सय १८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ६ हजार ३ सय ८७ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५० हजार १ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार ५ सय ८५ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ५१ जनाको मृत्यु भएको थियो ।

    यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ३९ लाख ४१ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप तयारको कार्य भइरहेको बताए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology