Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नयाँ प्रकारको भाइरसबाट सङ्क्रमित भएकामा देखिए लक्षण यस्ता

नयाँ प्रकारको भाइरसबाट सङ्क्रमित भएकामा देखिए लक्षण यस्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७७ शनिवार • १८:३२:२३ बजे
  • 1.8K
    SHARES
  • नयाँ प्रकारको भाइरसबाट सङ्क्रमित भएकामा देखिए लक्षण यस्ता

    बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार छिटो गतिमा फैलिरहेको छ । भाइरसमा आएको उत्परिवर्तनका कारण नै भाइरस छिटो गतिमा फैलिरहेको बताइएको छ । नयाँ भाइरस सङ्क्रामक देखिए पनि अधिक घातक भएको कुनै प्रमाण देखिएको छैन । तर, यो विषयमा अनुसन्धान जारी छ ।

    images

    नयाँ प्रकारको भाइरसको सङ्क्रमणले छिटोछिटो धेरै मानिस प्रभावित हुने हुँदा अस्पतालमा भर्ना भएर उपचार चाहिने बिरामीको सङ्ख्या पनि तीव्र गतिमा बढ्ने देखिन्छ ।

    नयाँ प्रकारको भाइरसबाट सङ्क्रमित भए लक्षण कस्तो देखिन सक्छ भन्ने धेरैको चिन्ताको विषय बनेको छ । बेलायतकाे राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा हाइलाइट गरिएको कोरोना भाइरसको सबैभन्दा सामान्य लक्षणबाहेक, अन्य सात लक्षण परिवर्तन भएको भाइरससँग सम्बन्धित देखिएको छ ।

    कोभिड १९ को तीन सबैभन्दा सामान्य लक्षण (ज्वरो, सुख्खा खोकी तथा गन्ध र स्वाद हराउनु) बाहेक देखिँदै आएका सात अन्य लक्षण पनि कोरोना भाइरसको नयाँ प्रकारसँग सम्बन्धित छ । थकान हुने, भोक हराउने, टाउको दुखाइ, झाडापखाला, मानसिक भ्रम, मांसपेशी दुख्ने तथा छालामा आउने र्‍यास (रातो दाग) कोरोना भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित हुँदा हालसम्म देखिएका लक्षण हुन् ।

    किङ्स कलेजका अनुसन्धानकर्ताका अनुसार, कोभिड १९ हुन सक्ने कुनै पनि लक्षण देखिएमा वा सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएमा तुरुन्तै सेल्फ आइसोलेसनमा बस्नुपर्ने तथा चाँडोभन्दा चाँडो पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ । यसबाहेक, सङ्क्रमणको जोखिमबाट बच्नका लागि सरसफाइ र पहिलादेखि अपनाइरहेको सावधानीका उपायलाई अपनाइरहनु पर्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology