Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै

विश्वमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७७ बिहिवार • ११:४१:३२ बजे
  • 1.4K
    SHARES
  • विश्वमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै

    एजेन्सी । कोरोना भाइरसका संक्रमितको संख्या पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै भएको छ । २४ घन्टामा संक्रमितको संख्या २ लाख १३ हजार २ सय ८० पुगेको छ । एकदिनमा देखिएको यो अहिलेसम्मकै धेरै संख्या हो । अघिल्लो दिन संक्रमितको संख्या २ लाख ८ हजार ३ सय १ थियो । यसअघि २ लाख ९ हजार सबैभन्दा धेरै पुगेको थियो ।

    images

    पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा एकदिनमा ६१ हजार ८ सय ४८ जना संक्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा ४१ हजार ५ सय ४१, भारतमा २५ हजार ५ सय ७१, रसियामा ६ हजार ५ सय ६२, मेक्सिकोमा ६ हजार २ सय ५८, दक्षिण अफ्रिकामा ८ हजार ८ सय १० र बंगलादेशमा ३ हजार ४ स्य ८९ जना संक्रमित फेला परेका छन् ।

    संसारभर लकडाउन खुकुलोसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले स्वास्थ्य सुरक्षा सतर्कताको अभावमा संसारभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरेको छ । डब्ल्युएचओले कोरोना संक्रमणमा संवेदनशील बन्नका लागि संसारभरका सरकारलाई आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology