Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड-माधवलाई ओलीको कटाक्ष : सुन्तला खान सल्लाघारी गएर हुन्छ :केपी शर्मा ओली

प्रचण्ड-माधवलाई ओलीको कटाक्ष : सुन्तला खान सल्लाघारी गएर हुन्छ :केपी शर्मा ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • ११:११:४६ बजे
  • 1.3K
    SHARES
  • प्रचण्ड-माधवलाई ओलीको कटाक्ष : सुन्तला खान सल्लाघारी गएर हुन्छ :केपी शर्मा ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन परिस्थितिको उपज भएको भन्दै आफ्नो कदम संवैधानिक भएको बताएका छन् । ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको पदको लोभले अहिलेका परिस्थिति बनेको पनि दावी गरेका छन् ।

    images

    ओलीले नेताहरु प्रचण्ड र नेपाललाई भेट्नु कुहिएर झरेको फलको संज्ञा दिएका छन् । उनले ‘भेट्नु कुहिएर झरेको फलले बोट मेरो हो भन्न कतिको सुहाउँछ’ भन्दै प्रश्न गरेका छन् ।

    प्रधानमन्त्री ओलीले पदकै आशा भएको भए पार्टीको आधिकारिक बैठकमा आउनुपर्ने बताएका छन् । प्रचण्ड-माधव समूहले आफूलाई अध्यक्षबाट हटाएकोप्रति व्यङ्ग्य गर्दै ओलीले जसको घर उसकै पुच्छर बाहिर भन्दै प्रश्न गरेका थिए ।

    प्रधानमन्त्री ओलीले पदका लागि साही ठाउँको बैठकमा जानुपर्ने बताए । माधव नेपालप्रति संकेत गर्दै ओलीले ‘सुन्तला खानको लागि सुन्तलाघारी जानुपर्छ, सल्लाघारी गएर हुन्छ’ भन्दै व्यङ्ग्य गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology