Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुई पुरुषको प्रेमिका एउटै युवती

दुई पुरुषको प्रेमिका एउटै युवती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • १३:५४:२८ बजे
  • 1.8K
    SHARES
  • दुई पुरुषको प्रेमिका एउटै युवती

    एजेन्सी । ब्राजिलका दुईजना निकै मिल्ने साथीहरुले एउटै युवतीसंग प्रेम गरेका छन । उनीहरुको यो प्रेम पछिल्लो डेढ बर्षदेखि निरन्तर चलिरहेको छ ।

    images

    यिनीहरु अन्य युगल जोडीहरु जस्तै रेष्टुरेन्टहरुमा डेट्समा जान्छन । ४० बर्षीय डिसुजा र ३० बर्षीय साउलो गोम्स दुवैजना अत्यन्तै मिल्ने साथी हुन ।

    अघिल्लो बर्ष दुवैजना छुट्टी मनाउन बार्सिलोना गएका थिए । त्यही क्रममा डिसुजा र गोम्स बेलारुसको एक बारमा पुगेका थिए । त्यहाँ दुवैजनाको २७ बर्षीया युवती ओल्गासंग भेट भयो ।

    ओल्गा पनि आफ्ना अन्य महिला साथीहरुसंग बारमा आएकी थिइन । त्यसबेला डिसुजा र गोम्सले ओल्गासंग एकैसाथ प्रेम प्रस्ताव राखेका थिए । त्यसपछि तिनैजनाले एकैसाथ डेटमा जान शुरु गरेका हुन ।

    यो अनौठो त्रिकोणात्मक प्रेम कहानी बारे डिसुजाले भने, “गोम्स र म संगै बार्सिलोनामा फुटबल म्याच हेर्न गएका थियौं । त्यहीं हाम्रो भेट ओल्गासंग भयो । हामीले शुरुमा उनलाई ड्र्रिंकका लागि अफर गरेका थियौं । त्यहींबाट हाम्रो प्रेम सम्बन्ध शुरु भएको हो । हामी तीनैजना प्रेम सम्बन्धमा हुनु हाम्रालाई कुनै समस्याको विषय हैन । मुख्य कुरा के हो भने हामी तीनै जनाबीचको क्यामेस्ट्री अत्यन्तै राम्रो र बलियो छ ।”

    एकैसाथ तीन जना बीच प्रेम सम्बन्ध कायम भएको यो अनौठो घटना प्रति शुरुमा डिसुजा र गोम्सका अन्य साथीहरु र परिवारले समेत आश्चर्य ब्यक्त गरे । तीनै जनाबीच के भैरहेको छ भन्ने बारेमा निकै सोधीखोजी पनि गरेकाको डिसुजाले बताए ।

    त्यसपछि डिसुजा र गोम्स दुवैजनाले ओल्गासंगको प्रेम सम्बन्धका बारेमा साथीहरु र परिवारका अन्य सदस्यहरुलाई निसंकोच र सहज रुपमा बताए । यसपछि डिसुजा र गोम्स प्रति उनिहरुका साथी भाई र परिवारको सोंच बदलियो ।

    अहिले सबैले उनीहरुबीचको त्रिकोणात्मक प्रेमको समर्थन गरेका छन । पछिल्लो डेढ बर्षदेखि प्रेम सम्बन्धमा रहेका डिसुजा, ओल्गा र गोम्स तीनैजना हाल फ्रान्समा बस्छन ।

    अहिले डिसुजा र गोम्सले ओल्गासंग बच्चा पनि जन्माउन चाहन्छन । डिसुजा र गोम्सले आफ्नो ब्यवसाय बढाउन चाहेको र विश्व भ्रमण गर्दै सामान्य रुपमा जीवनयापन गर्न चाहेको डेलीमेलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • # प्रेमिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology