Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संसद विघटनको कारण आज सर्वोच्चमा पेश हुँदै

संसद विघटनको कारण आज सर्वोच्चमा पेश हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • १४:३२:५६ बजे
  • 727
    SHARES
  • संसद विघटनको कारण आज सर्वोच्चमा पेश  हुँदै

     संसद विघटनमा परेको रिटमा सर्वोच्चले दिएको आदेश अनुसार आज राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट जवाफ पेश हुँदै छ ।प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा प्रधानमन्त्री र राष्ट्रपतिका कार्यालयलाई लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले दिएको म्याद सकिनै लाग्दा राष्ट्रपति कार्यालयले आज जवाफ दिन लागेको हो । सर्वोच्चको संवैधानिक इजलासले यही पुस १९ गते भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

    images

    विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले आज लिखित जवाफ पेश गर्दैछ । इजलासको आदेशबमोजिम महान्यायाधीवक्ताको कार्यालयले लिखित जवाफ पेस गर्ने भएको हो ।

    यही पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुको आधार र कानुनी औचित्य पुष्टि गर्न सरकारको नाममा आदेश जारी गरेको थियो ।

    यस्तै मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिससहितको निर्णय, अविश्वासको प्रस्तावका लागि पेस भएका कागजात, कुन प्रक्रियाद्वारा अविश्वासको प्रस्ताव दर्ता भएको भन्ने कागजातसँगै एमिकस क्यूरी मगाउन आदेश दिएको थियो ।

    यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गर्नुभएको थियो । विघटनविरुद्ध सर्वोच्चमा एक दर्जन बढी रिट दायर भएका छन् ।
    त्यो मुद्धा प्रधानन्यायधीशको नेतृत्वमा संवैधानिक ईजलासमा बिचाराधीन छ भने १७ गते एमीकस क्युरी गठन भएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology