नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ । हिजो सार्वजनिक भएको आन्दालनको कार्यक्रमका विषयमा छलफलका लागि बैठक बसेको हो । बैठकमा नेकपा प्रचण्डमाधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् ।

पेरिसडाँडाको बैठकमा अबको आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा रणनीतिक छलफलको भइरहेको बैठकमा सहभागि एक स्थायी समिति सदस्यले जनाकारी दिए ।

