Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली पक्षका दुई मन्त्री प्रचण्ड-माधव समूहमा लागे

ओली पक्षका दुई मन्त्री प्रचण्ड-माधव समूहमा लागे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • १८:०७:५२ बजे
  • 1.7K
    SHARES
  • ओली पक्षका दुई मन्त्री प्रचण्ड-माधव समूहमा लागे

     नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा भएको राजनीतिक फुटको असर प्रदेश तहमा पुग्दा नेता कार्यकर्ताको तानातान सुरु भएको छ । यसैबीच कर्णाली प्रदेशमा सांसदहरुकै तानातान देखिएको छ ।

    images

    कर्णाली सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट मन्त्री बनेका दुई जना सांसदले आफ्नो कित्ता परिवर्तन गरेका छन् । अर्का एक सांसदसहित दुई मन्त्रीले ओली समूह त्यागेर प्रचण्ड-माधव समूहमा प्रवेश गरेका छन् ।

    कर्णालीका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्द सिंह बुढाले ओली समूह त्यागेर प्रचण्ड-माधव समूहमा आफूलाई खुलाएका छन् । उनीहरुसँगै सांसद पदम बहादुर रोकाया पनि प्रचण्ड-माधव समूहमा लागेका छन् ।

    यससँगै संकटमा रहेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको कुर्सी तत्कालका लागि जोगिने देखिएको छ । प्रदेश सभामा प्रचण्ड-माधव पक्षका मुख्यमन्त्री शाहीको पक्षमा ३३ मध्ये २२ जना रहेका छन् । ओली समूहमा ११ जना मात्रै बाँकी रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology