Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाकिस्तानमा गोली प्रहार कम्तीमा ११ मजदुरको मृत्यु

पाकिस्तानमा गोली प्रहार कम्तीमा ११ मजदुरको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १९, २०७७ आइतवार • १९:४२:१२ बजे
  • 1.3K
    SHARES
  • पाकिस्तानमा गोली प्रहार कम्तीमा ११ मजदुरको मृत्यु
    पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ ।

    कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् ।

    बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताउनुभयो ।

    घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन ।

    घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन् ।रासस

  • सम्बन्धित विषय:

  • # गोली प्रहार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology