Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु

बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १९, २०७७ आइतवार • १९:४७:५५ बजे
  • 1.5K
    SHARES
  • बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु
    अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ ।

    अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए ।

    सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिकी मुलुक मालीमा तैनाथ भएयता ५० जना फ्रान्सेली सैनिकको मृत्यु भएको फ्रान्सेली सैनिक मुख्यालयले जनाएको छ ।

    उक्त घटनामा अर्का एक सैनिक घाइते भएका छन् ।

    मालीमा जारी जिहादी आक्रमणलाई निस्तेज बनाउन फ्रान्सेली सेना मालीमा तैनाथ गरिएको छ ।

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सैनिकको मृत्यु भएकामा दुःख प्रकट गर्नुभयो ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology