Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई जाँदै

सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७७ सोमवार • ०९:४७:३७ बजे
  • 1.5K
    SHARES
  • सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड  मुम्बई जाँदै

    नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मुम्बई जाँदैछन् । श्रीमती सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई जान लागेका हुन् । तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो ।

    images

    सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई जान लागेका हुन् ।

    सोमबार बिहान ११ बजेको फ्लाइटमार्फत प्रचण्ड श्रीमती सितालाई लिएर मुम्बई जान लागेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ । आज पनि जारी नेकपा स्थायी समितिको बैठक भने अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बस्नेछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology