Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केपी ओलीको सत्ता उन्मादले संविधान विपरितको संसद विघटन गरे : माधव नेपाल

केपी ओलीको सत्ता उन्मादले संविधान विपरितको संसद विघटन गरे : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७७ सोमवार • ११:१३:१८ बजे
  • 1.9K
    SHARES
  • केपी ओलीको सत्ता उन्मादले संविधान विपरितको संसद विघटन गरे : माधव नेपाल
    शेरबहादुर परियार,पोल्याण्ड/ नेकपा प्रवास समन्वय कमिटीको बर्तमान राजनीतिक अबस्था बारेको भर्चुअल कार्यक्रममा    नपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष माधव नेपालले केपी ओलीलाई सत्ता र शक्ति उन्मादको मात चढेर संविधानमै नभएको संसद विघटन गरेको बताएका छन्।

    नेपाल बाहिर क्रियाशिल नेकपाको जनसंगठन प्रवासी नेपाली एकता मञ्चका सदस्यहरुको भेलालाई अध्यक्ष नेपालले "केपी ओलीजीसंग जनताले लडेर ल्याएको यो परिवर्तनप्रति कुनै अपनत्वबोध छैन ।जब  आज हामीले समाजवादको यात्रालाई अगाडि बढाउनुपर्ने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने, संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने बेलामा उहाँले एकपछि अर्को प्रतिगामी कदम चाल्नुभएको छ । संघीयताविरुद्ध, संविधान, लोकतन्त्र, जनअधिकार, चनचाहनाविरुद्ध कदम चाल्नुभएको छ ।"
    अहिलेको विवाद पदको होइन यो पार्टी, लोकतन्त्र र गणतन्त्रको विरुद्धका र पक्षधरताको बिचको हो।ओली जी मा आफूलाई सर्वज्ञानी,सर्वज्ञाता, सुपरम्यान र आफूलाई पार्टी भन्दा माथी ठान्ने व्यक्तिवाद छ ।उहाँले एकैदिन बिहान बामदेवजी,दिउसो माधव र साॅझ प्रचण्ड जी लाई प्रधानमन्त्री बनाइदिन्छु भन्ने खालको अति झुट र तुच्छ खेल खेल्नुभयो। साथै पार्टीमा आरोप पत्रको सुरुवात उहाँले नै सुरु गर्नुभएको भन्दै उनका सत्ताले मातिएका  कार्यकर्ता जस्तो सामाजिक सञ्जाल लगायतमा अराजक,असभ्य,गालीगलौज गर्ने शैलीमा प्रस्तुत नहुन अध्यक्ष नेपालले कार्यकर्तालाई कडा निर्देशन दिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य भीम रावलले "प्रधानमन्त्री ओलीले जनताले बनाएको संविधानलाई खुट्टाले कुल्चेर, संविधानको मर्म र भावनालाई कुठाराघात गरेर जसरी प्रतिनिधिसभाको विघटन गरे, त्यो कुनै हिसाबले उचित छ ? त्यो राजनीतिक हिसाबले, संवैधानिक हिसाबले, जनभावनाको सम्मान र राजनीतिक पार्टीहरूको चाहनाअनुकूल छ ? के त्यो परिवर्तनको जन आकांक्षाअनुरूप छ ? के त्यो नेपाल कम्युनिस्ट पार्टी नेकपाको निर्णयअनुरुप छ ? भन्दै प्रश्न गरे।रावलले   जुनसुकै कोणबाट हेर्दा पनि त्यो निर्णय अनुपयुक्त छ । यो कदम नेपाली जनतालाई स्वीकार्य छैन । यो असंवैधानिक कदमको देश विदेशमा रहेका सबैले विरोध गर्नु पर्ने बताए। 

    त्यसैगरी कार्यक्रमलाई संबोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य बर्षमान पुनले संविधानको धारा ७६ को १ देखि ७ सम्म सरकार निर्माणबारेका व्यवस्था छन् । ४ विकल्पमध्ये कुनैपनि विकल्पबाट सरकार बनेन भने ६ महिना भित्र मध्यावधी चुनावमा जाने संवैधानिक व्यवस्था हो । यो अर्थमा प्रधानमन्त्रीलाई विघटन गर्ने कुनै आधार छैन । संविधानको 'लेटर एण्ड स्पिरिट' नै त्यही हो ।एक प्रश्नको जवाफमा पुनले
    "कुलमानको निरन्तरताका लागि आफूले   पुनर्नियुक्तिका लागि मन्त्रीपरिषद र प्रधानमन्त्रीसमक्ष समेत प्रस्ताव लगेको हो । तर प्रधानमन्त्रीज्यूले मान्नु भएन" उनले भने।

    भर्चुअल प्रविधि मार्फत भएको कार्यक्रम   पार्टी समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाईको अध्यक्षता र सचिव श्रीप्रसाद शाहको सञ्चालनमा भएको हो । कार्यक्रममा प्रवासमा रहेका लगभग ५०० अगुवा कार्यकर्ताको प्रत्यक्ष सहभागिता रहको  थियो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology