Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अधिकांश प्रदेशमा ओली समुह अल्पमतमा

अधिकांश प्रदेशमा ओली समुह अल्पमतमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७७ सोमवार • १४:३३:१४ बजे
  • 2.7K
    SHARES
  • अधिकांश प्रदेशमा ओली समुह अल्पमतमा

    अधिकांश प्रदेशमा आफ्नो समुह अल्पमतमा परेको देखिए पछि प्रधानमन्त्री ओलीले प्रदेश सभा विघटन गर्न सक्ने विभिन्न आकंलन भईरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन् ।

    प्रेस संगठन मोरङले विराटनगरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताएकी हुन् उनले संसद विघटनको बिषयमा संविधानमा स्पष्ट उल्लेख नभएको भने स्वीकार गरिन् ।


    पुष ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि त्यसको चौतर्फी बिरोध हुँदै आएको छ ।प्रदेश १ मा ओली समुहका शेरधन राई मुख्य मन्त्री बिरुद्ध प्रचण्ड माधव समुहले अविस्वासको प्रस्ताव दर्ता गरिसकेको छ भने बागमति प्रदेशमा पनि ओली समुह निकट मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ ।
    सुदुर पश्चिम र कर्णाली प्रदेशमा प्रचण्ड माधव समुह स्पष्ट बहुमत सहित ढुक्क रहेका छन् । प्रदेश ५ र प्रदेश ४ मा ओली समुह केही बलियो रहेको छ । त्याहाँ अविस्वासको प्रस्ताव दर्ता भएको छैन ।

    images

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology