नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधब) पक्ष म्याग्दीले बेनी नगर स्तरिय अगुवा कार्यकर्ता भेला
बेनीमा सम्पन्न गरेको छ।देशको पछिल्लो राजनितिक घटनाक्रम,संसद बिघटन हॅुदै पार्टी बिभाजन सम्मको बिषयमा पार्टीको स्थानिय तह सम्मका कार्यकर्ताहरुलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बेनी नगरपालिका भित्रका वडाहरु बाट कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेल (प्रबिण) ले केपी वलीको नोकरशाही प्रबृत्तिका कारण पार्टी एकता टॅुगोमा नपुग्दै बिभाजनको दिशामा गएको बताउनु भयो।पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिको असंबैधानिक कदमले गर्दा लामो सघॅर्षबाट आएको परिबर्तन संकटमा पर्न लागेको भन्दै परिबर्तन जोगाउनका लागी सबैलाई एकजुट अनुरोध समेत गर्नु भयो।यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै अतिेथी एवंम नेकपाका जिल्ला कार्यालय सदस्य बालकृष्ण सुबेदीले सत्यको पक्षमा एक्लै भए पनि ढृडताका साथ उभिन कार्यकर्ताहरु लाई आब्हान गर्नु भएको थियो।
कार्यक्रम नेकपा बेनी नगरपालिकाका अध्यक्ष शेर बहादुर केसी को अध्यक्षता नगर कमिटी सदस्य ज्ञानेन्द्र सुबेदीको संचालन तथा जिल्ला सदस्य ज्योती लामीछानेको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य मुना बॅानिया,जिल्ला सचिबालय सदस्य पदम पुन,कुशल पौडेल ,देउ प्रसाद छन्त्याल,कृष्ण कुमार बिश्वकर्मा लगाएतले मनतब्य राख्नु भएको थियो।