नेकपा (प्रचण्ड–माधव) समूहको स्थायी कमिटी बैठक जारी छ । बैठक माधवकुमार नेपालको अध्यक्षतामा बसिरहेको छ ।श्रीमती बिरामी भएपछि उपचारका लागि पुष्पकमल दाहाल प्रचण्ड भारततर्फ लागेपछि नेपालको अध्यक्षतमा बैठक बसेको हो ।
प्रचण्ड–माधव समूहको बैठकमा आठ एजेण्डामा छलफल भइरहेको स्रोतले बताएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि पहिलो चरणको संघर्षका कार्यक्रम समापन गरेको प्रचण्ड–माधव समूहले गत शनिवार एक महिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ आन्दोलनलाई कसरी सशक्त बनाउने र आउनसक्ने राजनीतिक चुनौतीको सामनाका लागि बैठकमा ८ एजेण्डा प्रस्तुत गरिएको एक नेताले जानकारी दिए ।
संघर्षका कार्यक्रम, ओली गुटको विभाजनकारी कदमले पारेका प्रभाव, प्रदेश सभा र सरकारबारे, प्रदेश तथा जिल्ला कमिटी, जनबर्गीय संगठन र मोर्चाका पदाधिकारीका सम्बन्धमा तथा पार्टी एकताको कार्यभार लगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।