Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाले महिलामा महिनावारी समस्या

कोरोनाले महिलामा महिनावारी समस्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७७ सोमवार • १७:३६:१५ बजे
  • 2.3K
    SHARES
  • कोरोनाले महिलामा महिनावारी समस्या

    कोरोना भाइरस पुरुषको तुलनामा महिलामा कम खतरनाक मानिन्छ । तर, हार्मोनल र एन्डोक्राइनल परिवर्तनले गर्दा महिनावारी र प्रजननलाई असर गर्ने अनुसन्धानले देखाएको छ ।

    images

    नियमित महिनावारी हुने समयमा प्रत्यक्ष परिवर्तन मात्र चिन्ताको कारण होइन । अनियमित महिनावारी र महिनावारीमा देखिने विभिन्न समस्याले कोभिडको लक्षणको गम्भीरता बढाउन, दिर्घ कोभिडको समस्या निम्त्याउन तथा महिला प्रजनन प्रणालीमा दीर्घकालिन प्रतिक्रिया गर्न सक्ने देखिएको छ । साथै, कोभिडबाट सामान्य सङ्क्रमणबाट सजिलै निको भएका महिलामा समेत अनियमित महिनावारीबाट पीडित पाइएको छ ।

    मेडिकल न्यूज टुडेमा प्रकाशित अध्ययन अनुसार कोभिड निको भएपछि पनि महिनावारीको समस्या देखिएको धेरै महिलामा स्वास्थ्य समस्या, जीवनको गुणस्तरमा कमि तथा तनावको रिपोर्ट गरिरहेका छन् ।

    अनियमित महिनावारी, पहिलेको तुलनामा ढिलो महिनावारी हुनु, अत्याधिक पिडा तथा हार्मोनल परिवर्तन, कोभिड सम्बन्धित महिनावारीको समस्यासँग सामान्यतया सम्बन्धित जटिलता हुन् ।

    केही महिलाले भाइरल सङ्क्रमणको कारण महिनावारी छुटेको वा महिनावारीको बेला अधिक रक्तस्राव भएको गुनासो पनि गरिरहेका छन् ।
    । कोरोनाले हार्मोनल कार्यप्रणालीलाई असर गरि प्रजनन अनियमितता निम्त्याउँन सक्छ ।

    रगत जम्ने समस्या (ब्लड क्लट) कोभिडको साथ देखा पर्ने सबैभन्दा अनौठो प्रभाव हो, जसले युवा उमेरमा असर गर्न सक्छ र जीवनभर जटिलता निम्त्याउन सक्छ ।

    धेरै महिलाले आफ्नो महिनावरीको समयमा ब्लड क्लटको समस्या रिपोर्ट गरेका छन् । महिनावारीको समयमा हुने ब्लड क्लट चिन्ताको विषय नभएपनि कोभिडका कारण भएको ब्लड क्लट र कोगुलेसन एनीमिया तथा रगतको समस्या निम्त्याउन सक्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology