Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पार्टी प्यालेसहरुमा ओलीले कमेडी देखाइरहेका छन् : रामकुमारी झाँक्री

पार्टी प्यालेसहरुमा ओलीले कमेडी देखाइरहेका छन् : रामकुमारी झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७७ सोमवार • १७:४३:४६ बजे
  • 2.1K
    SHARES
  • पार्टी प्यालेसहरुमा ओलीले कमेडी देखाइरहेका छन् : रामकुमारी झाँक्री

    नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले चितवनमा सोमबार आयोजित प्रचण्ड-माधव समूहको बैठकलाई सम्बोधन गर्दै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले पार्टी प्यालेस र बालुवाटारमा कमेडी देखाइरहेको बताएकी हुन् ।
     
    केपी ओली नैतिक रुपमा बोल्ने सामर्थ्य नराखेको कारणले कमेडियनका हिसाबले प्रस्तुत हुनुभएको छ’। कम्युनिस्ट पार्टीमा विधि, विचार, नैतिकता हुँदा मात्रै बोल्ने सामर्थ्य हुने बताउँदै झाँक्रीले सोधिन्,यतिखेर दुई दुई घण्टा लामो कमेडी देखि रहनु भएको छैन ?

    एउटा सामान्य नागरिकले फेसबुकमा लेखेका छन्– मेरो छोराछोरी, सन्तान दरसन्तानले अयोग्य मान्छे प्रधानमन्त्री थियो भन्ने इतिहासमा पढ्न नपरोस् भनेर उनका भनाइहरु इन्टरनेटका डाटाहरुबाट डिलिट गरौं भनेर’, झाँक्रीले भनिन् ।

    ओलीलाई प्रचण्ड र माधव नेपाल साक्षी बनेर सर्वसहमत दलको नेता बनाएको पनि उनले सम्झिइन् । तर, अब कित्ता प्रष्ट पार्ने समय आएको बताइन् । ‘अहिले नेकपा दुई कित्तामा ध्रुवीकृत भएको छ ।

    ‘एउटा पंक्ति अदालत र निर्वाचन आयोगको नतिजा कुरिरहेको छ । तर, ठूलो भागतिर लाग्नु भनेको चरम अवसरवाद हो । त्यसकारण अवसरवादको विरुद्धमै उभिनुपर्छ ।

    अनलाइनखबर

    images

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology