Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना भाइरसको संक्रमण तीव्रतर बन्दै गएपछि ब्रिटेनमा लकडाउनको घोषणा

कोरोना भाइरसको संक्रमण तीव्रतर बन्दै गएपछि ब्रिटेनमा लकडाउनको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७७ मंगलवार • ०९:३२:५१ बजे
  • 1.6K
    SHARES
  • कोरोना भाइरसको संक्रमण तीव्रतर बन्दै गएपछि ब्रिटेनमा लकडाउनको घोषणा

    एजेन्सी । कोरोना भाइरसको संक्रमण तीव्रतर बन्दै गएपछि ब्रिटेनमा लकडाउनको घोषणा गरिएको छ ।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सोमबार रातिदेखि लागु हुनेगरी लकडाउनको घोषणा गरेका हुन् ।उनले देशवासीलाई नयाँ नियमको पालना गर्न अपील गरेका छन् । उनले अत्यावश्यकीय कामबाहेक घरमै बस्न अनुरोध गरेका छन् ।

    images

    बेलायतबासीलाई यदि घरबाट काम गर्न नसक्ने अवस्थामा, अत्यावश्यक खाद्यान्न वा ओैषधि किन्न, शारीरिक कसरतका लागि, जोखिममा रहेका व्यक्तिहरुलाई हेरचाह गर्न र चिकित्सकीय भेट वा हिंसाबाट जोगिनका लागि मात्र घरबाट निस्कन मिल्नेछ ।

    शारीरिक अभ्यासका क्रममा एकाघरमा बस्नेबाहेकका एक जनासंग मात्रै भेट्न पाइनेछ ।

    त्यस्तै विद्यालय, कलेज र विश्वविद्यालयका पढाई मंगलबारदेखि नै अनलाइनका माध्यमबाट हुनेछन् । तर नर्सरीहरु भने खुला रहनेछन् ।

    ब्रिटेनमा यो तेस्रो पटकको देशब्यापी लकडाउन हो । यो लकडाउन फेब्रुअरीको मध्यसम्म रहने बताइएको छ ।

    उता स्कटल्याण्डमा पनि आज मध्यरातबाटै लकडाउन लागू गरिएको छ । वेल्समा पनि जनवरी १८ सम्मका लागि सबै विद्यालयहरु अनलाइनमा सञ्चालन हुने बताइएको छ ।

    सरकारले ल्याएको नयाँ कानुनमाथि छलफल र मतदानका लागि बुधबार भर्चुअलरुपमा बेलायतको संसद बैठक बोलाइएको एपी न्युजले जनाएको छ ।

    ब्रिटेनमा कोरोना संक्रमणबाट हालसम्म ७५ हजार ४३१ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या २ करोड ७१ लाख ५ सय नाघेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # लकडाउन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology