Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने

राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७७ मंगलवार • १०:२९:४६ बजे
  • 1.1K
    SHARES
  • राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने

    चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा लिएको राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।

    images

    उत्तरी नाकामा निरन्तरको अवरोध र कोभिड–१९ का कारण आर्थिक गतिविधिमा संकुचन आउँदा सरकारले चालू वर्षमा लिएको लक्ष्य भेट्न नसक्ने अवस्था आएको छ । अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्ममा भन्सार महसुलमा लक्ष्यको २ अर्ब कम राजस्व संकलन भएको छ भने कर राजस्वतर्फ लक्ष्यको २५ अर्ब कम संकलन भएको छ । त्यस्तै, गैरकरतर्फ १२ अर्ब ९८ करोड राजस्व कम संकलन भएको छ ।

    मङ्सिरसम्ममा कुल राजस्व लक्ष्यभन्दा करीब ३९ अर्ब कम संकलन भएको देखिएको अर्थका अधिकारीहरू बताउँछन् । संकटका बेला आयात बढ्ने अनुमान अर्थका अधिकारीहरूले गरे पनि पछिल्लो समय कतिपय वस्तुको आयात घटेको उनीहरू बताउँछन् । त्यसले पनि राजस्वको लक्ष्य भेट्न चुनौती थपिदिएको अधिकारीहरूको भनाइ छ ।

    त्यसो त मुलुकमा कोभिडका कारण आर्थिक गतिविधि कमजोर हुँदा राजस्व संकलनमा सरकारलाई अप्ठ्यारो पर्दै आएको छ । विकासका गतिविधिहरूलाई सरकारले तीव्रता दिन नसक्दा पनि निर्माण सामग्री, उपकरण, पेट्रोलियम पदार्थलगायत वस्तुको आयात बढ्न नसकेको अर्थका अधिकारीहरू बताउँछन् ।

    यससँगै, राजस्व संकलनको लक्ष्यलाई संशोधनसँगै नयाँ लक्ष्य भेटाउन थप रणनीतिसमेत चालू वर्षको बजेटको मध्यावधि समीक्षामार्फत गर्नुपर्ने दबाबमा सरकार परेको छ । (आर्थिक अभियान)

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology