Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

साउदी अरबियाले कतारमाथिको नाकाबन्दी हटाउँदै सिमा नाका खुला गर्ने

साउदी अरबियाले कतारमाथिको नाकाबन्दी हटाउँदै सिमा नाका खुला गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७७ मंगलवार • ११:३७:३६ बजे
  • 1.6K
    SHARES
  • साउदी अरबियाले कतारमाथिको नाकाबन्दी हटाउँदै सिमा नाका खुला गर्ने
    एजेन्सी / साउदी अरबियाले कतारमाथिको नाकाबन्दी हटाउँदै सिमा नाका खुला गर्ने भएको छ । यसका लागि सहमति जुटेको अर्को खाडी मुलुक कुवेतले जानकारी दियो । साउदी अरबियाले साँढे ३ वर्षदेखि कतारमाथि नाकाबन्दी लगाएको थियो ।

    उसले कतारमाथि ब्यापार, यात्रा र कुटनीतिक सम्बन्ध विच्छेद गरेको थियो । कतारले इस्लामिक अतिवादीहरुलाई प्रायोजन गरेको आरोप लगाउँदै साउदीले ऊ विरुद्धको नाकाबन्दीको नेतृत्व गरेको थियो । साउदीको कदमलाई खाडीका अन्य मुलुकहरु युएई, बहराईन र इजिप्टले पनि साथ दिएपछि सानो तर सम्पन्न मुलुक कतार घेराबन्दीमा परेको थियो ।


    लामो प्रयासपछि आपसी विवाद मत्थर गर्न साउदी तयार भएको हो । कुवेतका अधिकारीहरुका अनुसार साउदीले कतारसँगको जमिन र समुद्री नाका खुलाउने सहमति जनाएको छ । साउदी अरबीयामा आजबाट खाडी सहकार्य परिषदको सम्मेलन सुरु हुँदैछ । यसैको पूर्वसन्ध्यामा सहमतिको खुलासा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    यो सम्मेलनमा साउदीका राजा सलमान, कतारका अमीर तमिम बिन हमद अल थानीलगायतका नेताहरु सहभागी हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नाकाबन्दी फुकुवाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कुवेत र अमेरिकी प्रशासनका केही अधिकारीहरु पनि सम्मेलनमा सहभागी हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology