संसद विघटन बिरुद्ध आन्दोलित नेकपा प्रचण्ड माधव समुह निकट अनेरास्ववियुले आन्दोलनको घोषणा गरेको छ ।
अनेरास्ववियूका नेता रञ्जित तामाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् ।
पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने छ । ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।