Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरका लुहार घाइते

भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरका लुहार घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २१, २०७७ मंगलवार • १३:५८:३९ बजे
  • 895
    SHARES
  • भारतीय सुरक्षाकर्मीको गोली लागेर  कञ्चनपुरका लुहार घाइते
    कञ्चनपुर - भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ कञ्चनपुरका अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार सोमबार साँझ घाइते भएका छन्।


    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ। “भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने बुझिएको छ”, थापाले भने, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ। विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ।”

    घाइते लुहारको महाकाली अस्पतालमा उपचार भइरहेको छ। हिजो साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology