Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिड सङ्क्रमणको सबैभन्दा प्रबल सङ्केत यी दुई लक्षण

कोभिड सङ्क्रमणको सबैभन्दा प्रबल सङ्केत यी दुई लक्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७७ मंगलवार • १५:३५:३० बजे
  • 1.8K
    SHARES
  • कोभिड सङ्क्रमणको सबैभन्दा प्रबल सङ्केत यी दुई लक्षण

    खोकी, ज्वरो र सास फेर्न गाह्रो हुने कोभिड १९ सङ्क्रमण हुँदा देखिने सम्बन्धित लक्षणहरू हुन् ।तर, नयाँ अन्तर्राष्ट्रिय अध्ययनअनुसार दुई लक्षणले कोभिडको सङ्क्रमण भएको पुष्टि गर्न सक्छ । स्वाद र गन्ध हराउनु, दुई लक्षण हुन् जसले एक मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएको स्पष्ट सङ्केत गर्छ । हार्वर्ड मेडिकल स्कुल युनिभर्सिटी कलेज लन्डन, किङ्ग्स कलेज लन्डन र इजरायलको वेइज्मान इन्स्टिच्युट अफ साइन्सका विज्ञहरूले अमेरिका, बेलायत र इजरायलका तीन डिजिटल सर्भिलेन्स प्लेटफर्महरूको तथ्याङ्क सर्वेक्षण गरेका थिए ।

    images

    सर्वेक्षणमा १० करोडभन्दा बढीको कुल परीक्षण गरिएको थियो जसमध्ये छ लाख ५८ हजार तीन सय २५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको थियो । अध्ययनबाट गन्ध र स्वाद हराउनु कोभिडको एक विश्वसनीय सङ्केत रहेको पत्ता लागेको छ । हालसम्म यी दुई लक्षणहरू नियमित रूपमा कोभिडको सङ्क्रमण भएको पुष्टि गर्ने सबैभन्दा बलियो पूर्वानुमान हो ।

    यी दुई लक्षणका साथै टाउको दुखाइ, घाँटीको दुखाइ, थकान र ज्वरो पनि कोभिड संक्रमितमा देखिने मुख्य लक्षण हुन् । सामान्यतया दुई लक्षणबाहेक यी समस्या अन्य लक्षणहरूको साथ पनि प्रस्तुत हुने गर्छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology