Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एउटै सर्पले एक महिनामा आठ पटक डस्दा पनि किशोर सकुशल

एउटै सर्पले एक महिनामा आठ पटक डस्दा पनि किशोर सकुशल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७७ मंगलवार • १५:४०:४४ बजे
  • 1.4K
    SHARES
  • एउटै सर्पले एक महिनामा आठ पटक डस्दा पनि किशोर सकुशल

    भारतमा एउटा अचम्मको घटना भएको छ । एउटै सर्पले पटकपटक एक किशोरलाई डसिरहेको छ । भारतको उत्तर प्रदेश बस्ती जिल्लास्थित रामपुर गाउँका १७ वर्षीय यशराज मिश्रलाई एउटै सर्पले एक महिनाको अवधिमा आठ पटक डसिसकेको छ । सर्पको टोकाइबाट निक्किै आत्तिएका उनको अहिले पनि उपचार जारी छ । सर्पका कारण उनी निक्कै त्रसित छन् । उनमा मानसिक समस्या देखा पर्न थालेको छ । तर सर्पको टोकाइका बाबजुत किशोर हालसम्म सकुशल रहेका छन् ।

    images

    एउटै सर्पले बारम्बार किन निशाना बनाइरहेको छ भनेर खोजी र अनुसन्धान पनि थालिएको सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो पटक उनलाई २५ अगष्टमा सर्पले टोकेको थियो ।

    ‘जब छोरालाई तेस्रो पटक सर्पले टोक्यो मैले उसलाई आफ्नो नातेदार कहाँ बहादुरपुर गाउँ पठाएको थिएँ’ किशोरका बाबु चन्द्रमौली मिश्रले भने–‘केही दिनपछि छोराले फेरि घरमा त्यही सर्प देख्यो र उसलाई फेरि डस्यो।’ अहिले गाउँकै एक अस्पतालमा उपचाररत किशोर निक्कै मानसिक तनाबमा रहेको उनका बाबुले बताएका छन् ।

    सर्पकै कारण उनी हर समय आतंकित भइरहन्छन् । उनका परिवारले देवी देवताको कारणले यस्तो भएको होकी भनेर निकै पटक पूजा अचर्ना पनि गरे । सर्पलाई समात्नका लागि तालिम प्राप्त मान्छे भने बोलाए । तर ती कुनै प्रयासले पनि काम गरेन । बाबु चन्द्रमौली भन्छन्–‘आखिर सर्पले किन यशराजलाई नै निशाना बनाइ रहेको छ बुझ्न सकेको छैन।’

  • सम्बन्धित विषय:

  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology