Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबै विपक्षी पार्टीहरुको मोर्चा बन्दी

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबै विपक्षी पार्टीहरुको मोर्चा बन्दी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७७ मंगलवार • १८:४५:१८ बजे
  • 952
    SHARES
  • प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबै विपक्षी पार्टीहरुको  मोर्चा बन्दी

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबै विपक्षी पार्टीहरुले मोर्चा बन्दी गर्ने तयारी गरेका छन् । जनता समाजवादी पार्टीले आयोजना गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले ओली र ओलीले चालेको कदमको विरुद्धमा एक भएर लाग्नुपर्ने बताएका हुन् ।

    images

    नेकपा प्रचण्ड–माधव समूह, नेपाली कांग्रेस, जसपालगायतका पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर राजतन्त्रको समयमा राजाभन्दा निरंकुश भएको बताएका छन् ।

    अन्तरक्रिया कार्यक्रममा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले लामो समयदेखि नेपाली जनताले चाहेको सरकार आफूहरुले पाएपनि नेता गतिलो नहुँदा जनताको त्यो इच्छा पुरा हुन नसकेको बताए । ओली पार्टीका साथीहरुले काम गर्न नदिएको सार्वजनिक रुपमा भन्ने कुरा गलत भएको भन्दै उनले बरु ओलीलाई पटक पटक निरंकुश कदम चाल्नबाट जोगाउने प्रयास गरेको बताए ।

    तर, आफूहरु त्यसमा असफल भएको नेता नेपालले बताए । ओलीको शैली ‘जो हम्से टकराएगा, ओ चुरचुर हो जाए गा’ भनेजस्तो रहेको भन्दे नेता नेपालले सोहीअनुसार ओलीले पार्टीभित्रका साथिहरुबाट सुरु गरेको बताए ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो कदमले कस्लाई कति फाइदा भनेर हिसाबकिताब गर्नुभन्दा देशमा भइरहेको अवस्था, शासन व्यवस्थामा भएको हानी नोक्सानीको विषयको बढी महत्व हुने भएकाले सबैले डटेर सामना गर्नुपर्ने बताए ।

    नेता पौडेलले शासन व्यवस्था रहेको अवस्थामा मात्रै सबैको पालो आउने भएकाले अहिले नाफा र घाटाभन्दा व्यवस्था जोगाउन लाग्नुपर्ने बताए । उनले ओलीले विपक्षीलाई सिध्याउने खेलमा व्यवस्था सिध्याउन लागेको बताए ।

    त्यस्तै नेकपाको स्थायी समिति सदस्य वर्षमान पुनले ओलीको कदमको पृष्ठभूमि सरकार गठन भएकोदेखिनै सुरु भएको बताए । उनले मन्त्रालय बाँडफाट गर्दादेखिनै यो विषय उठेको बताए ।

    अन्य मन्त्रालयको विभिन्न विभागहरु प्रधानमन्त्रीले आफू माताहत कार्यालयमा राख्दादेखिनै समस्या सुरु भएको पुनले बताए । पटकपटक छलफल र बहसलाई टार्न नसकिरहेको अवस्थामा ओलीले अन्तमा आएर जबर्जस्ती गरेर संसद विघटन गरेको पुनले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology