Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चुनावको तयारीमा जुट्न बस्नेतको निर्देशन

चुनावको तयारीमा जुट्न बस्नेतको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७७ मंगलवार • १८:४९:०२ बजे
  • 1.3K
    SHARES
  • चुनावको तयारीमा जुट्न बस्नेतको निर्देशन

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले युवाहरुलाई सरकारले आगामी वैशाखमा घोषणा गरेको चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

    images

    राष्ट्रिय युवा संघ म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै संघका इञ्चार्जसमेत रहेका बस्नेतले ताजा जनादेशका लागि प्रधानमन्त्रीले चालेको संसद् विघटनको कदम स्वभाविक र संवैधानिक भएको बताए । “पार्टीका केही नेताले आफ्नो स्वार्थ पूर्ति गर्न सरकारलाई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले बाध्य भएर संवैधानिक अधिकारको प्रयोग गरेर संसद् विघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने निर्णय गर्नुभएको हो”, उनले भने । “वैशाखमा हुने चुनावलाई सफल बनाउन तयारीमा लाग्नुहोस् ।”

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद भूपेन्द्र बहादुर थापाले आफ्नो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्ने, पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गर्नेदेखि ठूला विकासका आयोजना भित्र्याएको बताए । सुरुवात गरिएका योजनालाई पूर्णता दिन र राजनीतिक स्थिरता कायम गर्न आगामी चुनावमा प्रम ओलीको नेतृत्वलाई जिताउन अर्का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य नवराज शर्माले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology