Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्डलाई फकाउदै ओली, सन्देश लिएर तीन नेता प्रचण्ड निवास खुमलटार पुगे

प्रचण्डलाई फकाउदै ओली, सन्देश लिएर तीन नेता प्रचण्ड निवास खुमलटार पुगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७७ बिहिवार • १८:५०:१७ बजे
  • 4.2K
    SHARES
  • प्रचण्डलाई  फकाउदै ओली, सन्देश लिएर तीन नेता प्रचण्ड निवास खुमलटार पुगे

    नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीचको विवादको गाँठो झन् कस्सिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाउन तीन नेतालाई पठाएका छन्।बुधबार दुई अध्यक्षबीच भएको छलफलमा सहमति नजुटेपछि पार्टीभित्र थप समस्या चुलिएको आशंका गरिएका बेला ओलीको सन्देश लिएर उनीनिकट तीन नेता कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

    images

    स्रोतका अनुसार स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार दिउँसो खुमलटार पुगेका हुन्। उनीहरुले प्रचण्डलाई सहमति गरेर जान बिभिन्न प्रस्तावसहित आग्रह गरेका थिए।बुधबार ओली–प्रचण्डबीचको एक्लाएक्लै वार्तामा प्रधानमन्त्री ओलीले पुरानै अडान दोहोर्‍याएपछि कुनै सहमति हुन सकेको थिएन।

    नेताहरुका अनुसार पछिल्ला वार्तामा पनि ओलीले प्रचण्डलाई अध्यक्ष हुने भए महाधिवेशनसम्म कुर्नुपर्ने र प्रधानमन्त्री हुने भए संसदीय दलमा निर्वाचित भएर आउन चुनौति दिएपछि प्रचण्ड बालुवाटारबाट विना सहमति निस्किएका थिए।असार १० गतेदेखि बसेको नेकपा स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी सञ्चालन दुवैतर्फ राम्रोसँग गर्न नसकेको भन्दै ओलीले दुबैपदबाट राजीनामा दिनुपर्ने माग उठेको छ। तर दुवै पदबाट नहट्ने अडानमा ओली टसका मस नभएपछि नेताहरुबीचको विवाद थप बल्झिएको हो।

    दुबैपदबाट राजीनामा दिनुपर्ने मागमा ओली इतरका नेताहरुको पार्टीको सचिवालय, स्थायी कमिटी लगायत पार्टी कमिटीहरुमा बहुमत भएपनि ओलीले सो मागप्रति सकारात्मक छैनन्।राजीनामाको विषयले पार्टी नेतृत्व तहमै तीव्र विवाद भएपछि स्थायी समिति बैठक पनि असार १८ गतेदेखि बस्न सकेको छैन।


  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology