Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फाईजरको भ्याक्सिन लगाएको दुई दिनमा पोर्चुगलमा एक नर्सको मृत्यु

फाईजरको भ्याक्सिन लगाएको दुई दिनमा पोर्चुगलमा एक नर्सको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७७ बुधवार • १०:११:४२ बजे
  • 1.3K
    SHARES
  • फाईजरको भ्याक्सिन लगाएको दुई दिनमा पोर्चुगलमा एक नर्सको मृत्यु
    एजेन्सी / विश्व स्वास्थ्य संगठनले शुरुमै मान्यता दिएको अमेरीकी कम्पनी फाईजरले बनाएको भ्याक्सिनमाथि आशंका बढ्न थालेको छ । यो भ्याक्सिन लगाए पछि स्वास्थ्यकर्मी नै बिरामी परेका र केहीको मृत्यु भएको रिपोर्ट आईरहेको छ ।

    पोर्चुगलमा यो भ्याक्सिन लगाएको दुई दिनमा एक जना ४१ बर्षे नर्सको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
    भ्याक्सिन लगाउनु अघि ती नर्स पुरै स्वस्थ्य रहेको र कुनै साईड ईफेक्ट पनि नदेखाए पनि दुई दिनमै उनको मृत्यु भए पछि छानविनका लागि स्वास्थ्य विभागले आदेश दिएको छ ।

    ती नर्सको नाम सोनिया एडेबेजो रहेको छ । यस अघि अमेरीकामै पनि फाईजरको भ्याक्सिन लगाएकी नर्स कोरोना संक्रमित भएकी थिईन् भने मेक्सिकोमा एक जना ३२ वर्षे डाक्टर भ्याक्सिन लगाएको आधा घण्टामै बिरामी परेर आईसियुमा भर्ना भएका थिए ।

  • सम्बन्धित विषय:

  • # फाईजर
  • # भ्याक्सिन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology