Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनले एक जना पूर्वबैंकर र पार्टी अधिकारीलाई घुस, सरकारी पैसा हिनामिना र बहुविवाहको आरोप, मृत्युदण्डको फैसला

चीनले एक जना पूर्वबैंकर र पार्टी अधिकारीलाई घुस, सरकारी पैसा हिनामिना र बहुविवाहको आरोप, मृत्युदण्डको फैसला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २२, २०७७ बुधवार • ११:०५:०६ बजे
  • 1.5K
    SHARES
  • चीनले एक जना पूर्वबैंकर र पार्टी अधिकारीलाई घुस, सरकारी पैसा हिनामिना  र बहुविवाहको आरोप, मृत्युदण्डको फैसला
    चीनले एक जना पूर्वबैंकर र पार्टी अधिकारीलाई मृत्युदण्ड दिने भएको छ।  घुस खाएको, सरकारी पैसा हिनामिना गरेको र बहुविवाहको आरोप लागेका लाई सिआओमिनलाई तिआन्जिन अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।

    सिआओमिन यसअघि राज्यनियन्त्रित चाइना होआरोङ एसेट म्यानेजमेन्टका अध्यक्ष थिए। उनले १० वर्षमा १।७९ अर्ब युआन घुसबापत् लिएको बताइएको छ। त्यतिबेला उनी नियामकका रूपमा पनि काम गरिरहेका थिए। अदालतले सिआओमिनले धेरै रकम घुस लिन आफ्नो पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ। उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि घुस लिने गरेका थिए।

    उनी विवाहोत्तर सम्बन्धमा पनि दोषी पाइएका छन्। उनले पत्नीबाहेक अर्की महिलासँग सम्बन्ध बनाएको र उनीबाट सन्तान पनि जन्माएको उल्लेख गरिएको छ।

    सिआओमिनले राज्य कोषबाट २ करोड ५० लाख युआन हिनामिना गरेको अदालतले बताएको छ।

    'उनी कानुनलाई मान्दैनथे र अति लोभी थिए,’ अदालतले भनेको छ।

    सिआओमिनलाई सन् २०१८ को अप्रिलदेखि अनुसन्धान थालिएको थियो। त्यही बेला उनलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट पनि निष्कासित गरिएको थियो।

    तियान्जिन अदालतले सिआओमिनले धेरैजसो अपराध सन् २०१२ को चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं सम्मेलनपछि गरेको जनाएको छ।

    उक्त सम्मेलनबाट सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चुनिएका थिए। पछि चीनको राष्ट्रपति चुनिएका उनले भ्रष्टाचारविरोधी अभियान नै चलाएका थिए। सीको अभियानका क्रममा लाखौं अधिकारीहरूलाई अनुसन्धान र सजाय गरिएको थियो। सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई समाप्त पार्न यस्तो अभियान चलाएको आरोप उनीमाथि लाग्दै आएको छ।एजेन्सी

  • सम्बन्धित विषय:

  • # मृत्युदण्ड
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology