Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोरोना भाइरस संक्रमणबाट एक लाख ५० हजार १ सय १४ जनाको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणबाट एक लाख ५० हजार १ सय १४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७७ बुधवार • १३:३१:३१ बजे
  • 1.7K
    SHARES
  • भारतमा कोरोना भाइरस संक्रमणबाट एक लाख ५० हजार १ सय १४ जनाको मृत्यु

    एएनआई । भारतमा कोरोना भाइरस संक्रमणबाट एक लाख ५० हजार १ सय १४ जनाको मृत्यु भएको छ ।

    images

    भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

    मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ ।

    भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् । दिल्लीमा भने ४ हजार ५ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ १० हजार ६ सय ९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा जनवरी ५ सम्म १७ करोड ७४ लाख नमूना परीक्षण गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology