Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यो वर्ष ०.६ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने

यो वर्ष ०.६ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७७ बुधवार • १४:०७:०९ बजे
  • 1.6K
    SHARES
  • यो वर्ष ०.६ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने

     सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष ०.६ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने अनुमान विश्व बैंकले गरेको छ । विश्व बैंकको दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनअनुसार कोरोना महामारी र लकडाउनले आर्थिक गतिविधिमा आएको अवरोधका कारण सन् २०२१ मा ०.६ आर्थिक वृद्धि हुने अनुमान गरेको हो।

    images

    कोरोनाका कारण पर्यटनमा आश्रित नेपाल, मालदिभ्स, भुटान र श्रीलंकाको अर्थतन्त्रमा ठूलो असर परेको थियो। प्रतिवेदनअनुसार दक्षिण एसिया यो वर्ष हालसम्मकै मन्दीमा डुबेको छ। अनौपचारिक क्षेत्रका कामदारलाई सबैभन्दा बढी मारमा परेको छ भने लाखौं दक्षिण एसियाली चरम गरिबीमा धकेलिँदै छन्। प्रतिवेदनले दक्षिण एसियामा अपेक्षा गरिएभन्दा तीव्र आर्थिक गिरावट हुने जनाएको छ।

    विश्व बैंकका अनुसार अघिल्लो आव २०७६/७७ (२०१९/२०) मा आर्थिक वृद्धिदर ०.२ प्रतिशत कायम रहने अनुमान गरेको थियाे ।
    विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्दैछ । यस आवमा भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने छ । बंगलादेशको आर्थिक वृद्धिसमेत नकारात्मक रहने तथ्यांक विश्व बैंकको छ ।

    यस वर्ष बंगलादेशको आर्थिक वृद्धिदर ०.७ प्रतिशत रहने भएको छ । सबैभन्दा उच्च आर्थिक वृद्धिदर भने माल्दिभ्सले हाँसिल गर्नेछ । माल्दिभ्सको ९.५ प्रतिशतको आर्थिक वृद्धिदर रहने भएको छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेको माल्दिभ्सले पर्यटक आगमन खुला गरिसकेको छ । समग्र दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने ६.७ प्रतिशत रहने भएको छ ।

    सन् २०२१ मा दक्षिण एसियाको आर्थिक वृद्धि ४.५ रहने बैंकको अनुमान छ। जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहनेछ।

    विश्व अर्थतन्त्रमा भने सन् २०२१ मा ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने विश्व बैंकले जनाएको छ । खासगरी कोरोना विरुद्धको खोपले विश्व अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्व बैंकको भनाई छ । सन् २०२० मा भने आर्थिक वृद्धिदर ४.३ प्रतिशतले संकुचित बनेको छ ।

    यो वर्ष अमेरिकाले ५.४ प्रतिशत नेगेटिभ वृद्धिदर प्राप्त गरेको छ । सन् २०२१ मा भने उक्त मुलुकले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । यूरोपले सन् २०२० मा ३.६ प्रतिशत ऋणात्मक वृद्धिदर प्राप्त गरेकोमा यो वर्ष ३.५ प्रतिशत वृद्धिदर प्राप्त गर्ने भएको छ ।

    चीन भने अघिल्लो वर्ष र यो वर्ष दुबैमा सकारात्मक वृद्धिदर कायम गर्न सफल भएको छ । चीनले सन् २०२० मा २ प्रतिशत र सन् २०२१ मा ७.९ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology