काठमाडौं । दुई अध्यक्षबीच चारपटक एक्लाएक्लै (वान–अन–वन) वार्तामा बस्दा पनि सहमतिको विन्दु तय नभएपछि नेकपाका वरिष्ठनेता झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डललाई वारपार गरेर अघि बढ्न सुझाव दिएका छन् ।
बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डबीच झण्डै दुई घण्टा कुराकानी भएको थियो ।
खुमलटार पुगेका वरिष्ठ नेताद्वयलाई अध्यक्ष प्रचण्डले ओली समझदारीमा नआएको र गाँठो झन् कस्सिँदै गएको बताएको एकसचिवालय सदस्यले बाह्रखरीलाई बताए ।
“आज ओलीसँग अन्तिमपटक बस्ने र सहमति खोज्ने भन्ने हामीबीच समझदारी भएको थियो । त्यहीअनुसारै दुई अध्यक्षबीच छलफलभएको हो । तर, उहाँ (प्रधानमन्त्री) सहमतिमा आउन तयार हुनुभएन । उहाँ पुरानै रटान, अडानमा हुनुहुन्छ । यसरी सहमति हुँदैन,” तीसदस्यको भनाइ छ ।
उनले दुई अध्यक्षबीच वार्ता लम्ब्याएर मात्रै समाधान ननिस्कने बताउँदै प्रचण्डलाई वार कि पार गरे जान सुझाव दिएको पनि बताए ।भेटमा चारपटक स्थगित भएको स्थायी कमिटी बैठक अब नरोक्ने समझदारी भएको पनि सचिवालय सदस्यको भनाइ छ ।
“दुईजना अध्यक्षबीच लामो कुराकानी भएको छ । सम्भवतः यो फाइनल कुराकानी पनि हो । अब कमिटीको बैठकतर्फ अघि बढ्छौं ।उहाँहरूबीच सहमति हुने अवस्था देखिँदैन । बैठक बसेर वार कि पारतिर जान्छ,” अर्का सचिवालय सदस्यले प्रष्ट शब्दमा भने ।
प्रचण्डलगायत नेताहरू ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् ।
ओलीले राजीनामा बाहेकका विषयमा सहमति खोज्न सकिने बताउँदै आएका छन् । बुधबारको बैठकमा पनि प्रधानमन्त्री ओली यथावतरहेको नेताहरूको भनाइ छ ।
स्रोत १२खरी डटकम