Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली समूहमा लागेका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहोराले दिए राजीनामा

ओली समूहमा लागेका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहोराले दिए राजीनामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २२, २०७७ बुधवार • १८:४४:१५ बजे
  • 1.8K
    SHARES
  • ओली समूहमा लागेका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहोराले  दिए राजीनामा
    धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् ।

    नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत हुन् ।

    ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए । बोहोरालाई हटाएका थिएनन् । बुधबार ओली समूहका ७ प्रदेशसभा सदस्यसहित पत्रकार सम्मेलन गर्दै बोहोराले दृढ इच्छाशक्ति र प्रयत्नका बाबजुद काम गर्न कठिनाई भएकाले मन्त्रीमा बस्नु जनमतको अपमान हुने ठानेर राजीनामा दिएको बताए ।

    ५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु प्रचण्ड–माधव समूहमा छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology