Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली समुहले भिम रावलको पद खोस्यो

ओली समुहले भिम रावलको पद खोस्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७७ बिहिवार • ०९:३९:४२ बजे
  • 1.4K
    SHARES
  • ओली समुहले भिम रावलको पद खोस्यो

    नेकपा ओली समूहले भीम रावललाई कारवाही गरेको छ । सुदूरपश्चिम प्रदेशका इन्चार्जको पद खोसेर भीम रावललाई कारवाही गरेको हो ।

    images

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीको खाताबाट पैसा निकालेकाले रावललाई कारवाही सिफारिस गरिएको हो ।

    ‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावललाई कारवाही गर्न सिफारिशसमेत गरेको छ,’ थापाले फेसबुकमा लेखेका छन्।

    त्यस्तै प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छन्।

    प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको हो ।

    सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ। प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन्। थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको हो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology