Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकी संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप,एक महिलाको मृत्यु

अमेरिकी संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप,एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७७ बिहिवार • १०:०७:३१ बजे
  • 1.9K
    SHARES
  • अमेरिकी संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप,एक महिलाको मृत्यु

    एजेन्सी । अमेरिकी संसद भवन भित्र गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका हुन । यो घटनामा गोली लागेर एकजना महिलाको मृत्यु भएको छ। अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ।

    images

    अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो। सदनभित्र बहस चलिरहेका बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। झ्याल र ढोका तोडफोड गरेर हतियारसहित ट्रम्प समर्थक भित्र पसेका थिए ।

    संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भएको थियो। प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन्। बुधबार बेलुका ६ बजेदेखि सुरु भएको कर्फ्यु आदेश बिहीबार बेलुका ६ बजेसम्म जारी रहनेछ। कर्फ्यूका बावजुद पनि संसद भवन क्षेत्र वरपर प्रदर्शनहरु भैरहेका छन ।

    संसद भवनमा भएको आक्रमण लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेको बिबिसीले जनाएको छ । अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू गर्ने प्रयास गरेको भन्दै उनले लोकतन्त्रमाथि हमला भएको उनले टिप्पणी गरेका छन्। कमला ह्यारिस लगायत जर्ज बुसले समेत अमेरिकी संसदमा भएको आक्रमण लोकतन्त्रका लागि शोभनीय नभएको प्रतिक्रिया दिएका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology