Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ब्रिटेनमा कोरोना संक्रमणका कारण एकै दिन हजारभन्दा बढीको मृत्यु

ब्रिटेनमा कोरोना संक्रमणका कारण एकै दिन हजारभन्दा बढीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७७ बिहिवार • १०:३४:५३ बजे
  • 2.0K
    SHARES
  • ब्रिटेनमा कोरोना संक्रमणका कारण एकै दिन हजारभन्दा बढीको मृत्यु

    एजेन्सी । ब्रिटेनमा कोरोना संक्रमणका कारण बुधवार १ हजार ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना भाइरसको नयाँ प्रकार देखिएपछिको यो हालसम्मकै धेरै संक्रमितको मृत्यु भएको हो।

    images

    कोभिड १९ को ‘न्यू भेरियन्ट’ देखिएपछि ‘मास टेस्टिङ’ सुरु गरिएको थियो। त्यसपछि एकैदिन ६२ हजार ३२२ जनामा संक्रमण पुष्टि भएको थियो। हाल बेलायतमा संक्रमण रोक्न फेरि लकडाउन लागू गरिएको छ।

    गत वर्ष अप्रिल १२ सम्ममा देखिएको संक्रमणको गति भन्दा अहिलेको अवस्था चिन्ताजनक रहेको बताइएको छ। गत वर्षभन्दा हाल ३९ प्रतिशत बढी संक्रमितहरु पहिचान भएका छन्। गएको सात दिनमा मृत्यु हुनेको संख्या पनि ३७ प्रतिशतले बढेको छ।

    संक्रामक रोग विशेषज्ञ एन्ड्रिउ हेवार्डले संक्रमणका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन्।

    बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककले संक्रमणको गति रोक्न अहिले नै प्रयास नगरे पछि अस्पतालहरुलाई भाइरससँग लड्न गाह्रो हुने प्रतिक्रिया दिएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology