Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘मलाई नेपालको राष्ट्रियता प्यारो छ: मनिषा काेइराला

‘मलाई नेपालको राष्ट्रियता प्यारो छ: मनिषा काेइराला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७७ बिहिवार • १३:१४:५८ बजे
  • 2.1K
    SHARES
  • ‘मलाई नेपालको राष्ट्रियता प्यारो छ: मनिषा काेइराला

    चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले आफूलाई नेपाली राष्ट्रियता प्यारो भएको बताएकी छन् । नेपाली प्रजातान्त्रिक आन्दोलनका धरोहर विपि कोइरालाको नातिनी रहेकी मनिषाले आफ्नो देश र राष्ट्रियतामा गर्व रहेको बताएकी हुन् ।

    images

    मंगलबार काठमाडौंमा राष्ट्रिय एकता दिवस तथा २९९औँ पृथ्वी जयन्तीको अवसरमा गरिने कार्यक्रमहरु सार्वजनिक गर्दै मनिषाले आफूले कर्मथलो बलिउडलाई बनाएपनि नेपाली राष्ट्रियतामा गर्व गर्ने बताइन् । मनिषाले यसअघि नेपाल र भारतबीच रहेको सीमा विवादको समयमा नेपालको भूमिमा भारतले धरपकड गरेकामा विरोध गरकी थिइन् ।

    मनिषाले नेपाल सरकारले जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अध्यावधिक नक्साको स्वागत गर्दै सीमाका विषयमा बोलेकी थिइन् । त्यसलगत्तै, भारतीय मिडियाले चीनको उक्साहटमा मनिषाले भारतविरोधी बयान दिएको लेखेका थिए ।

    पृथ्वी जयन्तीको कार्यक्रम घोषणा गर्दै मनिषाले भारतीय मिडियालाई जवाफ दिएकी हुन् । उनले भारतका नागरिकले भारतलाई माया गरेजस्तै आफूलाई नेपाल र नेपाली राष्ट्रियतामा गर्व रहेको भन्दै सधैँ राष्ट्रियताको पक्षमा रहने बताइन् ।

    राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीका दिन मनिषा र नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलको समूहले एकसाथ कार्यक्रम गर्ने भएको छ । उनीहरुले सरकारसँग राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीका विषयमा ७ बुँदे अनुरोधसमेत गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology